नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुग्यो

काठमाण्डौ, असार ३
नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा पाँच सय ८६ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धरानमा भएको परीक्षणमा ५ जना, विराटनगरमा भएको परीक्षणमा ११ जना, जनकपुरमा भएको परीक्षणमा २७ जना, वीरगञ्जमा भएको परीक्षणमा ६ जना, टेकुमा भएको परीक्षणमा दुई सय ६५ जना, भरतपुर अस्पतालमा भएको परीक्षणमा तीन, धुलिखेल अस्पतालमा ९९ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यस्तै शिक्षण अस्पतालमा भएको परीक्षणमा एक, पोखरामा भएको परीक्षणमा २० जना, रुपन्देहीमा भएको परीक्षणमा ५९ जना, भेरी अस्पतालमा भएको परीक्षणमा ३२, दाङमा भएको परीक्षणमा ३३ जना र सुर्खेतमा भएको परीक्षणमा चार जनामा संक्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार जुम्लामा भएको परीक्षणमा १४ जना, कैलालीमा भएको परीक्षणमा सात जनाको पोजेटिभ रिपोर्ट आएको छ ।