पाल्पामा कोरोना संक्रमितको संख्या ५० पुग्यो

पाल्पा, असार २
पाल्पामा कोरोना संक्रमितको संख्या ५० पुगेको छ । सोमबार पूर्वखोला गाउँपालिकामा थप १० जनामा कोरोना संक्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पूर्बखोला गाउँपालिकाको वडा नम्बर १ का ६ जना पुरुष, वडा नम्बर ३ का १ पुरुष र वडा नम्बर ४ का ३ पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको हो । १० जना थपिएसंगै पूर्वखोला गाउँपालिकामा मात्रै १२ जनामा कोरोना संक्रमण भएको छ । सक्रमितहरुलाई रम्भा गाउँपालिकाको ताँहुमा निर्माण गरिएको संयुक्त आइसोलेसनमा राखिएको छ । आइतबार मात्रै रम्भा गाउँपालिकामा १६ जना र बगनासकाली गाउँपालिकामा १ जनामा कोरोना पोजेटिभ भेटिएको थियो । यस अघि माथागढी गाउँपालिकामा १४ जना, रैनादेवी छहरा गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा ३ जना, रामपुर नगरपालिकामा २ जना, पुर्वखोला गाउँपालिका २ जनामा कोरोना सक्रमणको पुष्टि भएको थियो । पाल्पामा उपचारका क्रममा एक जना कोरोना संक्रमितको ज्यान गएको थियो । पाल्पाबाट पठाइएको ६ सय जनाको स्वाव परीक्षणका लागी प्रयोगशाला पठाएपनि रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *