आइतबार एकै दिन पाल्पामा १७ जनामा कोरोना संक्रमण

पाल्पा, जेठ ३२
पाल्पामा आइतबार एकै दिन १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय, भैरहवामा गरिएको परिक्षणमा रम्भा गाउँपालिका १ का १६ जना र बगनासकालि गाउँपालिकामा ५ का १ जना गरी १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै पाल्पामा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । यस अघि बिभिन्न स्थानका गरी २३ जनामा संक्रमणको पुष्टि भएको थियो । कोरोना संक्रमण बाट पाल्पामा भारत बाट आएका एक जनाको ज्यान गएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *