काठमाण्डौं, जेठ ३२
नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । आईतबार एकै दिन विभिन्न जिल्लामा गरी ४ सय २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये ९ सय ७४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोना संक्रमण बाट नेपालमा १९ जनाको ज्यान गएको छ ।