नेपालमा कोरोनाले १८ जनाको ज्यान लियो, संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगे

काठमाण्डौं, जेठ ३१
नेपालमा कोरोना भाइरसको संक्रमण बाट १८ जनाले ज्यान गुमाएका छन् । पर्सा र बाराको निजगढमा कोरोना संक्रमणले थप २ जनाको ज्यान गएको हो । यस्तै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाको संक्रमण ७२ जिल्लामा फैलिँदा चार हजार नौ सय ४९ पुरुष र तीन सय ८६ जना महिला संक्रमित भएका हुन् । शनिबारमात्रै २ सय ७३ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमतिको संख्या थपिँदै गएपनि कोरोना सङ्क्रमणबाट सन्चो भएर घर फर्किनेत्रको संख्या पनि बढिरहेको छ । अहिले सम्म निको भएर घर फर्किनेको संख्या ९ सय १३ पुगेको छ । एक लाख ५० हजार पाँच सय ४९ जना क्वरेण्टीनमा रहेका र चार हजार चार सय चार जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *