पाल्पामा कोरोना संक्रमितको संख्या २३ पुग्यो

पाल्पा, जेठ २९
पाल्पामा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवामा गरिएको परिक्षणमा बिहिबार थप दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । माथागढी गाउँपालिकामा १ र गुल्मी घर भई पाल्पामा उपचार गराइहेका बिरामीमा संक्रमणको पुष्टि भएको जनाइएको छ । संक्रमित मध्ये सवै भन्दा धेरै माथागढी गाउँपालिकाका १४ जना रहेका छन् । रामपुरमा ३,पूर्वखोलामा २, रैनादेवी छहरामा २ र निस्दीमा २ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

पाल्पामा कोरोना संक्रमणका कारण पूर्बखोला गाउँपालीकाका एक जनाको ज्यान गएको छ । उनी भारत बाट नेपाल फर्किएका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *