काठमाण्डौं, जेठ २९
नेपालमा कोरोना सङ्क्रमितको संख्या चार हजार ६ सय १४ पुगेको छ । बिहीबार २५० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा दुई सय ३० जना पुरुष र २० जना महिला गरी दुई सय ५० जनामा कोरोना पोजिटिभ भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उपचार पछि निको भएर आठ सय ६१ जना कोरोना संक्रमित घर फर्किएका छन् । नेपालमा कोरोना सङ्क्रमण बाट १६ जनाको ज्यान गएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।