काठमाण्डौं, जेठ २९
नेपालमा कोरोना सङ्क्रमबाट ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । बुधबार ज्यान गुमाएका अर्घाखाँचीको मालारानी गाउँपालिका ४ का ५७ वर्षीय पुरुषमा कोरोना पोजिटिभ भेटिएपछि ज्यान गुमाउनेको संख्या १६ पुगेको हो । स्वास्थ्य कार्यालय, अर्घाखाँचीका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलका अनुसार घाँटीको शल्यक्रियासमेत गरेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारको लागि गएको मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो । अस्पतालले सामान्य उपचारपछि घरमै आराम गर्न सुझाव दिएपछि फर्कँदै गरका बेला उनको बुधबार बाटोमै ज्यान गएको थियो । यसअघि उनी १४ दिनदेखि ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वरेण्टीनमा बसेका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।