आफनै खर्चमा पालिकाद्धारा पिसिआर किट खरिद , क्वारिनटिनका सबैको कोरोना परिक्षण हुँदै

पाल्पा, जेठ २९
पाल्पाको पूर्वखोला गाउँ पालिकाले कोरोना परिक्षणका लागि स्वाब संकलन गर्ने किट खरिद गरेको छ । पालीकाले स्थापना गरेका क्वारिनटिनमा रहेकाको संख्या बढ्दै गएपनि कोेरोना परिक्षणका लागि सरकारको बाटो हेर्दा धेरै ढिलाई भएकाले आफ्नै खर्चमै किट खरिद गरिएको र अव क्वारिनटिनमा रहेका सबैको स्वास्थ्य परिक्षणको तयारी भैरहेको गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापामगरले जानकारी दिनुभयो । सरकार बाट किट उपलव्ध नहुँदा लामो समयसम्म क्वारेन्टीनमा राख्नुपरेपछि उनीहरुमा पोजिटिभ भए अरुलाइ समेत जोखिम हुने देखिएको भन्दै पालिकाले पहिलो चरणमा ५०० जनाको परिक्षण गर्न सकिने गरी आफैले किट खरिद गरेको अध्यक्ष थापाको भनाई छ । गाउँपालिकाले भारत लगाएत तेस्रो मुलुकबाट फर्किएका, फ्रण्टलाइनमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको कोरोना परीक्षण गर्ने तयारी गरेको समेत जनाएको छ ।  पालिकाभित्रका ४ स्थानमा स्थापना गरिएको क्वारिनटिनमा भारत बाट आएका ३१७ जना रहेका पूर्वखोला गाउँपालिकाले जनाएको छ । अहिले सम्म सरकारको तर्फवाट ३९ र पालिकाले ११ गरी ५० जनाको पिसिआर परिक्षण भएकोमा १ जनामा कोरोना संक्रमण भेटिएको र १ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको पूर्वखोला गाउँपालिकाका प्रबक्ता निर बहादुर सारुले जानकारी दिनुभयो । पाल्पामा २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने एक जनाको ज्यान गएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *