आजबाट पसल र निजी सवारी साधन चल्दै

काठमाण्डौं, जेठ २९
आज बाट पसल र निजि सवारीसाधनहरु संचालन हुन दिने सरकारले निर्णय गरेको छ । उच्चस्तरीय समितिको सिफारिशअनुसार बुधबार राती सम्पन्न मन्त्रिपरिषद बैठकले पसल र निजी सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको हो । सरकारले सुरक्षा मापदण्ड अपनाएर पसल तथा निजी सवारीसाधन पनि सञ्चालन गर्न दिने निर्णय गरेको हो । निजि सवारीको हकमा भने जोर विजोर प्रणाली लागु गरिएको छ । जोड गते जोड र विजोर गते विजोड नम्बर प्लेट भएका सवारी साधन चल्न पाउने छन् ।

सार्वजनिक सवारी साधन भने संचालन हुन पाउने छैनन् । बैठकले हवाई उडान र सार्वजनिक यातायात भने तत्काल नखोल्ने निर्णय गरेको छ । सरकारले रेष्टुरेण्ट पनि खोल्न दिने भएको छ । तर, त्यहा बसेर खान भने पाइने छैन । ग्राहकले त्यहाबाट सामान किनेर लैजान पाउने छन् ।  गत चैत ११ गतेदेखि जारी लकडाउनको असर चोटिलो बन्दै गएपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन दवाव बढ्दै आएको थियो । कोरोना महामारीको समस्या लामो समय सम्म जाने देखिएको भन्दै लकडाउनको मोडालिटी परिवर्तन गर्न विभिन्न पक्षवाट आवाज उठेका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *