काठमाण्डौ, जेठ २९
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने पक्का भएको छ । बुधबार राती सम्पन्न मन्त्रिपरिषदको बैठकले परिक्षा नगर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको जोखिमले गर्दा परिक्षा रोकिएको हो । अव विद्यालयको अन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण हुने छ । विद्यालयहरूले आन्तरिक मूल्यांकनको नम्बर पठाएकै आधारमा परीक्षा बोर्डले ग्रेड निर्धारण गरी परीक्षाफल सार्वजनिक गर्नेछ । गत चैत ६ गतेका लागि तोकिएको परिक्षा दिन चार लाख ८२ हजार २१९ विद्यार्थी तयारीमा रहेका थिए । चैत ८ गतेदेखि हुने कक्षा १२ र चैत २५ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा पनि रोकिएको भएपनि यसबारे भने सरकारले कुनै निर्णय गरेको छैन ।