पाल्पामा कोरोना संक्रमितको संख्या २१ पुग्यो 

पाल्पा, जेठ २८

पाल्पामा कोरोना संक्रमितको संख्या २१ पुगेको छ । बुधबार एकै दिन १२ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय , पाल्पाले जनाएको छ । बुधबार माथागढी गाउँपालिका ८ बहादुरपुरको क्वारिनटिनमा रहेका  ११ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको हो ।  केहि दिन पहिला भारत बाट आई सोहि क्वारीनटिनमा बसेका १९ वर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको थियो । पाल्पामा कोरोना संक्रमण बाट एक जनाको ज्यान गएको छ । लकडाउनकै बिचमा भारतमा रहेका ३ हजार बढी पाल्पालीहरु घर फर्र्किएका छन् । उनीहरु बाट संक्रमणको जोखिम बढ्न सक्ने भन्दै कोरोना परिक्षणलाई तिव्र पार्नुपर्ने आवाज उठेपनि परिक्षण सामाग्रीको अभावमा स्वास्थ्य परिक्षणको कार्य प्रभावकारी रुपमा अघि नबढेकोमा जिल्लाका नागरिक अगुवाहरुले चिन्ता जाहेर गरेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *