काठमाण्डौं, जेठ २६
नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ । सोमबार ३ सय १४ जना कोरोनाका नयाँ बिरामी थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ सय ९४ पुरुष र २० जना महिलामा संक्रमणको पुष्टि भएको हो । उपचार पछि निको भएका २१ जना सोमबार घर फर्किएका छन् । यस संगै डिस्चार्ज हुनेको संख्या ४ सय ८८ पुगेका छन् । कोरोनाको कारण नेपालमा १४ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार १ लाख ७० हजार ७ सय ३२ जना क्वरेण्टीनमा रहेका छन् भने ३ हजार २ सय ६० जनाको आइसोलेसनमा उपचार भैरहेको छ ।