पाल्पा, जेठ २६
पाल्पामा थप दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रभास स्थित लुम्बिनी मेडिकल कलेजमा उपचार गराइरहेका दुई जना बिरामीमा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा पूर्वखोला गाउँपालिका–१ सिलुवा, पाल्पाका २३ वर्षिय र रूरू गाउँपालिका–१ गुल्मीका ३२ वर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । संक्रमित दुबै जनाको आइसोलेसनमा उपचार भइरहेको लुम्बिनी मेडिकल कलेजले जनाएको छ । संक्रमण पुष्टि भएका सिलुवा, पाल्पाका पुरुष जेठ २० तानसेन स्थित मिसन अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका सिलुवाकै ४६ पर्षिय पुरुषसँगै भारतबाट आएका थिए ।
लुम्बिनी मेडिकल कलेज प्रभासको आइसोलेशन कक्षमा उपचारत एक जनाको मृत्यु भएको छ । गुल्मी मालिका गाउँपालिका ३ का ६८ वर्षीय पुरुषको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । हो । श्वास फेर्न समस्या भएपछि शनिबार अस्पताल भर्ना भएका उनको दमको उपचार भैरहेको थियो । सोमबार ज्यान गुमाएका उनको प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको कोरोना परिक्षणमा नेगेटिभ रिपोर्ट आएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।