नेपालमा कोरोनाबाट १४ जनाको ज्यान गयो

काठमाण्डौं, जेठ २६
नेपालमा कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा आइसोलेशनमा राखिएका स्याङजा वालिङ नगरपालिकाका ६० वर्षका पुरुषको ज्यान गएपछि कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या   १४ पुगेको हो । नेपालमा अहिलेसम्म ३४ सय ४८ जनामा कोरोना पुष्टि भएकोमा ४ सय ६७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिले पनि १ लाख ७० हजार ७ सय ३२ जना क्वारेन्टीनमा र २९ सय ६८ जना आइसोलेशनमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *