घुस सहित पक्राउ परे पाल्पाका एक वडा अध्यक्ष

पाल्पा, जेठ २४ ,

पाल्पाका एक वडा अध्यक्ष घुस रकम सहित पक्राउ परेका छन् ।  रैनादेवि छहरा गाउँपालिका वडा नम्बर ७ बल्ढेङगढीका वडा अध्यक्ष देबेन्द्र पुन तीन लाख घुस सहित पक्राउ परेका हुन् । शनिबार रुपन्देहीको सालझण्डीमा काठको कारोबार गर्ने ब्यवशायी संग घुस लिनेक्रममा आख्तियारको टोलीले पुनलाई रंगेहात पक्राउ गरेको जनाइएको छ । काठ लिलाममा सहयोग गर्ने भन्दै घुस लिंदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकारी सुरेश भूसालले जानकारी दिनुभयो । ३ लाख रकम सहित पुनलाई नियन्त्रणमा लिएको भुसालको भनाई छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *