काठमाण्डौं, जेठ २४
नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । शनिबार डोल्पाका जगदुल्ला गाँउपालिका ३ का ५८ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएपछि ज्यान गुमाउनेको संख्या १२ पुगेको हो । यही जेठ १८ गते नेपालगञ्ज सुर्खेत जुम्ला हुँदै डोल्पा पुगेका उनमा आरडीटी परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो । त्यसपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएका उनको २० गते निधन भएको थियो ।