काठमाण्डौं, जेठ २३
नेपालमा कोरोना संक्रमितको संख्या २९ सय १२ पुगेको छ । शुक्रबार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । शुक्रबार दैलेखमा ९१ जना, कपिलवस्तुमा ४४ जना, प्रदेश १ मा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।