कोरोनाले बिरामीको ज्यान गएपछि स्वास्थ्यकर्मी क्वारेनटीनमा

पाल्पा,जेठ २३
पाल्पामा उपचारका क्रममा मृत्यू भएका बिरामीको कोरोना संक्रमणको पुष्टि भएपछि स्वास्थ्यकर्मीहरु क्वारेनटिनमा बसेका छन् । उपचारका क्रममा तानसेन स्थित युनाईटेड मिशन अस्पतालमा मंगलबार ज्यान गुमाएका पूर्वखोला गाउँपालिमा १ सिलुवाका ४६ वर्षिय पुरुषमा बिहिबार कोरोना पुष्टि भएपछि स्वास्थ्यकर्मी संगै उपचारमा सहभागी भएका स्वास्थ्यकर्मी, सुरक्षागार्ड र सरसफाईका कर्मचारी गरी २० जनालाई अस्पतालको क्वारेनटिना राखिएको हो । मृतक गत १८ गते भारत देखि नेपाल आएका थिए । कोरोनाका कारण ज्यान गुमाएकाको नेपाली सेना र प्रहरीको सहयोगमा बिहिबार राती अन्त्येष्टि गरिएको छ । मृतकका परिवार र आफन्तको अनुमतिम सिद्धार्थ राजमार्गमा पर्ने डुम्रेखेला किनारमा अन्त्येष्टि गरिएको जनाइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *