पाल्पामा ज्यान गुमाएका पुरुषमा कोरोना पुष्टि

पाल्पा, जेठ २२,

मंगलबार पाल्पाको मिसन अस्पतालको आइसोलेशन कक्षमा ज्यान गुमाएका ४६ वर्षिय राम बहादुर दिस्वाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको पुष्टि भएको छ । पूर्वखोला गाँउपालिका १ सिलुवाका दिस्वा मगरको उपचारका क्रममा ज्यान गएको थियो । पूर्वखोला २ जल्पाको क्वारेन्टीनमा रहेका उहाँलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पतालको आइसोलेशनमा उपचार भएको थियो ।  मृत्युपछिनै स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको भएपनि बिहिबार मात्रै रिपोर्ट आएको प्रयोगशालाका निमित्त प्रमुख डाक्टर राजेन्द्र गिरीले जानकारी दिनुभयो । गएको आईतबार भारत बाट गाउँपालीका आएका मृतक दिस्वा वडा नम्बर २ जल्पाको शम्भु माबिमा रहेको क्वारीनटाइनमा बस्नु भएको थियो । यो संगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *