नेपालमा कोरोनाका कारण ९ नेपालीको ज्यान गयो

काठमाण्डौं, जेठ २१
नेपालमा कोरोनाका कारण ९ नेपालीको ज्यान गएको छ । बुधबार दोलखाका ७६ बर्षिय पुरुषको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । भीमेश्वर नगरपालिका–२ घर भएका मृतक भारतीय सेनाका अवकार प्राप्त पूर्व सैनिक रहेको समेत मन्त्रालयले जनाएको छ । मधुमेहका विरामी उनलाई स्वास्थ्यमा समस्या आएपछि जेठ १२ गते दोलखा अस्पताल लगिएको थियो । त्यसपछि १३ गते काठमाडौं मेडिकल कलेज भर्ना भएका उनको अपरेसन गरिएको थियो । १५ गते स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा उनमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *