पाल्पा, जेठ २१
पाल्पामा कोरोना संक्रमितको संख्या ७ पुगेको छ । बुधबार रामपुर नगरपालिका वडा नम्बर ९ का २८ र २३ बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ । रामपुरको सदावर्तमा रहेको सिताराम माध्यमिक विद्यायको क्वारेन्टीनमा रहेका उनीहरुमा कोरोना पुष्टि भएको हो । यही जेठ ११ गते भारतको नयाँ दिल्लीबाट उनीहरू सुनौली नाका हुँदै पाल्पा आएका थिए । यसअघि माथागढी गाउँपालिकामा १ पुरुष, नस्दी गाउँपालिकामा दुई पुरूष, रैनादेवी छहरा गाउँपालिकामा २ पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको थियो । संक्रमित सबै भारतबाट आएका हुन् । मंलबार आइसोेलेसनमा उपचार गराइरहेका एक पुरूषको मृत्यु भएको थियो । पूर्वखोला गाउँपालिका १ सिलुवाका ४५ वर्षीय रामबहादुर दिस्वा मगरको तानसेनस्थित यूनाइटेड मिशन अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो । मृतक मगरको स्वाब परिक्षणको रिपोर्ट नआएकोले उनको मृत्यूको कारण नखुलेको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।