पाल्पामा आइसोलेसनमा उपचार गराएका एक जनाको ज्यान गयो

पाल्पा, जेठ २०
पाल्पामा आइसोलेसनमा उपचार गराइरहेका एक पुरुषको ज्यान गएको छ । युनाईटेड मिसन अस्पताल ,तानसेनमा उपचार भैरहेका पूर्वखोला गाउँपालिका १ सिलुवाका ४६ बर्षिय राम बहादुर दिशा मगरको ज्यान गएको हो । सोमबार देखि मिसन अस्पतालको आइसोलेशनमा उपचार भैरहका राम बहादुरको उपचारको क्रममा मंगलबार ज्यान गएको यूनाईटेड मिशन अस्पताल, तानसेनले जनाएको छ ।  मृतकको स्वाव परिक्षणको रिपोर्ट जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाएको र रिपोर्ट नआएकाले कोरोना संक्रमण हो वा होईन भन्ने यकिन नभएको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ । कोरोना संग मिल्ने लक्षण रहेको भन्दै मृतकका आफन्तले उनमा सास फेर्न समस्या हुने , खोकी लागीरहने जस्ता समस्या देखिएपछि अस्पतालमा पुर्याइएको थियो ।

आईतबार भारत बाट गाउँपालीका पुगेका मृतक राम बहादुर वडा नम्बर २ जल्पाको शम्भु माबिमा रहेको क्वारीनटाइनमा बसेका थिए । पाल्पामा ५ जना पुरुषमा कोरोना सक्रमणको पुष्टि भएको छ । रैनादेवी छहरा गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा २ जना र माथागढी गाउँपालिकामा १ जना लाई कोरोना सक्रमण देखिएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *