मगरसंघ पाल्पाद्वारा कोरोना रोकथाम तथा उपचार कोषमा आर्थिक सहयोग

अमित रास्कोटी मगर ,पाल्पा, जेठ १९
नेपाल मगर संघ जिल्ला समन्वय समिति पाल्पा द्वारा तानसेन नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा उपचार कोषको लागि आर्थिक सहयोग रकम प्रदान गरेको छ । मगर आदिवासी जनजाती लगाएत सम्पुर्ण नेपाली उत्पीडित वर्गको न्याय र समानताको लागि निरन्तर सामाजिक अभियानमा लागिरहेको नेपाल मगर संघले यो अहिलेको विषम परिस्थितिमा नगरपालिकालाई सहयोग गरेको जनाएको छ । कोरोनाको समस्या बढीरहेको भन्दै समस्यामा परेका सबै नेपालीलाई सहयोग पुगोस भनेर आर्थिक सहयोग गरेको मगर संघ पाल्पाका अध्यक्ष तेज घर्ती ले बताउनुभयो । सहयोग रकम ग्रहण गर्दै नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले सहयोग रकम कोरोनाको कारण समस्यामा परेका पीडितका लागि सहि ठाउँमा प्रयोग हुने बताउनुभयो । सहयोग रकम मगर संघ सम्बद्ध संघ संस्थाहरु, नेपाल मगर महिला संघ ,नेपाल मगर विद्यार्थी संघ ,नेपाल मगर साँस्कृतिक संघ , मगर संघ तानसेन नगर समिति, नेपाल आदिवासी जनाजाती महासंघ लगाएत सम्पुर्ण मगर अगुवा ,अभियान्ताले संयुक्त रुपमा जम्मा गरि सहयोग गरिएको संघका उपाध्यक्ष तथा सहयोग संकलन संयोजक शान्ति झेंडी मगरले बताउनुभयो ।


पाल्पा जिल्ला भित्र कृयाशिल सम्पुर्ण स्थानीय तहका मगर संघको अगुवाइ र नेपाल मगर संघ जिल्ला समन्वय समिति पाल्पाको समन्वयमा यो सहयोग रकम उठाउने क्रम रहेको र यो बिपद को परिस्थितिलाई सबै मिलि सामना गर्नका लागी सबै जिल्लाबासी एक हुनुपर्नेमा मगर संघ पाल्पाका सचिब नरेन्द्र सिंजाली मगरले आग्रह गर्नुभयो । सहयोग रकम जिल्लाको दस वटै स्थानीय तहलाई सहयोग गर्ने कार्यक्रम अन्तर्गत सोमबार तानसेन नगरपालिका लाई पन्ध्र हजार रुपैया मात्र सहयोग हस्तान्तरण गरेको संघका कोषाध्यक्ष साबित्रा राना मगरले जानकारी दिनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *