पाल्पा, जेठ १९ ,
पाल्पामा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । भैरहवामा रहेको जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा निस्दी गाउँपालीकाका ३६ र १७ बर्षिय २ पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय, पाल्पाका निमित्त प्रमुख बिश्वनाथ न्यौपानेले जानकारी दिनुभयो हो । आईतबार पहिलो पटक पाल्पामा ३ जनामा कोरोना पुष्टि भएको थियो । भैरहवा स्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा आईतबार माथागढी गाउँपालीकाका १पुरुष र रैनादेबी छहरा गाउँपालीकाका २ पुरुषमा कोरोना पुष्टि भएको थियो । पाल्पामा कोरोना संक्रमणक पुष्टि भएका सवै भारत बाट घर फर्किएकाहरु हुन् ।