पाल्पाका प्रमुख जिल्ला अधिकारीको सरुवा

पाल्पा, जेठ १९
पाल्पाका प्रमुख जिल्ला अधिकारी यादब सुवेदीको सरुवा भएको छ । सहसचिब यादबलाई गृहमन्त्रालयमा सरुवा गर्दे हाल सुर्खेतमा प्रमुख जिल्ला अधिकारीको रुपमा रहनुभएका रमेश न्यौपानेलाई पाल्पाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । गृहमन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । ४४ जना सहसचिब तथा उपसचिवको नियमित सरुवा, काज तथा पदस्थापन गर्दे १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरिएको गृहमन्त्रालयले जनाएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *