काठमाण्डौं, जेठ १९
नेपालमा कोरोना संक्रमितको संख्या १७ सय ९८ पुगेको छ । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा कोरोना संक्रमण भएको जानकारी दिनुभएको हो । जसमा २ सय १३ जना पुरुष र १३ जना महिला छन् ।