कोरोना बाट जोगाउन उद्धार गरिएका १२ नेपालीको ज्यान गयो

काठमाण्डौं, जेठ १९
कोरोना बाट जोगाउन भारतबाट उद्धार गरि घर लादै गरेका १२ नेपालीको ज्यान गएको छ । बाँकेको राप्ती सोनारीमा मिनिबस दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो । दुर्घटनामा ११ जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा अस्पतालमा ज्यान गएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो । भारतबाट आएका नेपालीलाई लिएर नेपालगन्जबाट सल्यानका लागि छुटेको ना ५ ख ५९९५ को मिनिबस आइतबार राति राप्ती सोनारी.२ मा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ । घाइतेको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *