पाल्पा, जेठ १८
नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । बाजुरामा दुई वर्षीया बालिकाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको पुष्टि भएपछि ज्यान गुमाउनेको संख्या ८ पुगेको हो । बूढीगंगा नगरपालिका–१ घर भएका उनी बुबाआमा संगै एक हप्ता अघि भारतबाट नेपाल आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भारतबाट फर्किने क्रममा उनलाई ज्वरो आउने, बान्ता हुने जस्ता समस्या देखिएको आफन्तले जनाएका छन् । बालिकासँगै आमाबुबाको स्वाब संकलन गरेर धनगढी पठाइएकोमा उनकी आमाको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार बाबुको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।