जारी लकडाउन जेठ ३२ सम्म पुग्यो , अव सेना पनि परिचालन हुँदै

काठमाण्डौं, जेठ १७
जारी लकडाउन ३२ गते सम्म पुगेको छ । शनिबार बसेको मन्त्रीपरिषद बैठकले कोरोना भाइरस संक्रमणको जोखिम बाट जोगिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो । बैठकले लकडाउनको मोडालिटी हेरफेर गर्न विज्ञहरुसँग परामर्श गर्ने समेत निर्णय गरेको छ । हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द गर्ने समेत बैठकले निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठक भन्दा अघि बसेको सुरक्षा परिषदको बैठकको सिफारिसका आधारमा सरकारले सेना परिचालन गर्ने निर्णय गरेको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *