किटको अभावमा पाल्पामा कोरोना जाँच रोकियो

पाल्पा, जेठ १६
किटको अभाव भएपछि पाल्पामा कोरोना परिक्षण रोकिएको छ । गएको हप्ता देखि १० वटै पालिका मिलेर भारतीय नाकामा अलपत्र परेका पाल्पालीलाई उद्धार गरी जिल्ला ल्याउन शुरु भएपछि उनीहरुमा कोरोना परिक्षण गर्न किटको अभाव भएको हो । सदरमुकाम तानसेनमा होल्ड क्वारीन्टिनको स्थापना गरी भारत बाट आएकालाई दुई तीन दिन राखेर कोरोना परिक्षण गरी सम्बन्धित गाउँका क्वारीन्टिनमा राख्ने योजना रहेपनि परिक्षण बिनै उनीहरुलाई गाउँका क्वारिनटिनमा पठाइएको तानसेन नगरपालीकामा स्थापना गरिएको हेल्पडेक्सका संयोजक टुक प्रसाद भट्राईले जानकारी दिनुभयो । यसरी भारत बाट आएकालाई स्वास्थ्य परिक्षण बिनै गाउँमा पठाएपछि क्रास बढेको भन्दै गाउँलेहरुले चिन्ता ब्यतm गरेका छन् । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार संघ र प्रदेश सरकारबाट प्राप्त ४ सय ५० पि.सि.आर र पन्ध सय बढी आ.डि.टिका लागी परिक्षणका सामाग्री आएका हुन् । अस्पतालमा आएका सङकास्पद विरामी र पोजेटिभ भेटिए उनीहरुको जाँच गर्नुपर्ने भएकाले बाहिर बाट आएकै आधारमा उनीहरुको परिक्षण गर्न किट अभाब भएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख बिश्वनाथ न्यौपानेले जानकारी दिनुभयो ।
जिल्लामा परीक्षण किट अभाव भएकाले मन्त्रालय, विभाग तथा प्रदेश सरकारसँग किट माग गरिरहेको भएपनि देशभरी नै अभाव भएकाले जिल्ला आउन ढिलाई भएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *