काठमाण्डौं जेठ १५,
नेपालमा कोरोना संक्रमित मध्ये १ सय ८७ जना उपचार पछि निको भएर घर फर्किएका छन् । कोरोनाका कारण ५ जनाले ज्यान गुमाएको जानकारी दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्रायले १ हजार ४२ जनमा संक्रमणको पुष्टि भएको जनाएको हो । ५१ जिल्लामा कोरोना संक्रमित भेटिएको भन्दै बिहिबार एकैदिन १ सय ५६ जना नयाँ संक्रमित थपिएका मन्त्रालयले बिज्ञप्ती मार्फत जानकारी गराएको छ । बिहिबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका २ जना, कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १६ देखि ४२ वर्षका २५ जना पुरुषमा संक्रमण भेटिएको छ । संक्रमित सबै झापाका हुन् । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपुरका १ जना पुरुष, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ७७ जनामा कोरोना पुष्टी भएको हो ।
महोत्तरीका १७ जना, रौतहटका तीन , सप्तरीका १२ जना, सर्लाहीका ७ जना, सिराहाका ६ जना, दोलखाका २ जना र सोलुखुम्बुका १ जनामा पनि कोरोना पुष्टी भएको मन्त्रालयले जनाएको हो । प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा २३ जनामा संक्रमण भेटिएको छ । सुर्खेतका १३ जना, दैलेखका ८ र बझाङका १ जनामा संक्रमण भएका हुन् । प्रादेशिक प्रयोगशाला गण्डकीमा गरिएको परीक्षणमा स्याङजाका ३ जनाको कोरोना पोजेटिभ आएको छ । सेती अस्पतालको प्रयोगशालामा दार्चुलाका एक र कैलालीका २ गरी ३ जनामा पनि संक्रमणको पुष्ट भएको हो । हेटौँडामा गरिएको परीक्षणमा मकवानपुरका एक जनामा संक्रमण पाइएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाका ३ र बाँकेका १ गरी चार जनामा संक्रमण भएको छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका १७ जनामा कोरोना संक्रमण भेटिएको हो ।