नेपालमा कोरोना संक्रमतिको संख्या ७७२ पुग्यो

काठमाण्डौं, जेठ १३,
नेपालमा कोरोना संक्रमतिको संख्या ७ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कोरोना संक्रमित मध्ये १ सय ५५ जना उपचार पछि निको भएर घर फर्किएका छन् । महोत्तरीको मनरा गाउँपालिका–१० का ३० र ३५ वर्षीय पुरुष, जुम्ला घर भई बारामा कार्यरत ३५ र ३६ वर्षीय पुरुष र बाराको पचरौता–१ को पिपरपट्टी माविको क्वारेन्टीनमा रहेका १९, ३० र ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै रौतहटमा २२ संक्रमित थपिएका हुन् । यस्तै सिराहाको नवराजपुर गाउँलिकाका १८ वर्षीय पुरुष, भगवानपुर गाउँपालिकाको ४ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु २५ देखि २९ वर्षका पुरुष छन् । यस्तै धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका २२ वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका १, २ र ८ का २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । बाँकेमा ८ जना र रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
सेती प्रयोगशालामा गरिएको परीक्षणमा कैलाली र अछामका एकएक जनाको रिपोर्ट पोजेटिभ आएको छ । पोखरामा गरिएको परीक्षणमा स्याङ्जा बालिङका २० र २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु चार दिनअघिमा भारतबाट आएका थिए । यसैगरी सुर्खेतमा गरिएको परीक्षणमा १२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । नेपालमा कोरोना संक्रमण बाट ४ जनाको ज्यान गएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *