कोरोना संक्रमणको जोखिममा ५ नम्बर प्रदेश

काठमाण्डौं, जेठ १२
कोरोना संक्रमण बाट प्रदेश नम्बर ५ उच्च जोखिममा रहेको छ । सोमबार बिहान सम्म प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ सय ८८ पुगेको छ । सात प्रदेशमध्ये सबैभन्दा बढी संक्रमित यही प्रदेशमै भेटिएका छन् । प्रदेश ५ को बाँकेमा सबै भन्दा धेरै रहेका छन् भने त्यसपछि कपिलवस्तुमा र रुपन्देहीमा संक्रमित रहेका छन् । लप्रदेश ५ मा २१ हजार ३ सय ६६ जना क्वारेन्टाइनमा छन् । तीमध्ये १६ हजार २ सय १६ जनाको आरडीटी टेस्ट गरिएको र ६ सय ६७ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *