पाल्पाका पत्रकारहरुको कोरोना बिमा
पाल्पा, जेठ ११
पाल्पाका पत्रकारहरुको कोरोना विमा गरिएको छ । नेपाल पत्रकार महासंघ पाल्पामा आवद्ध ८५ जना पत्रकाहरुको विमा गरिएको पत्रकार महासंघ, पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्यालले जानकारी दिनुभयो । तानसेन नगरपालीकाको सहयोगमा एक लाख बराबरको कोरोना विमा गरिएको हो । विमा पछि कोरोना रोकथाम, उपचार र नियन्त्रणका लागी पत्रकारहरु सक्रिय रुपमा लागी पर्ने विश्वास गरिएको तानसेन नगरपालीकाले जनाएको छ ।
