कोरोना संक्रमित ६०३ पुगे, उपचारपछि ८७ जना घर फर्किए

काठमाण्डौं, जेठ ११
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ सय ३ पुगेको छ । संक्रमित मध्ये ८७ जना उपचार पछि घर फर्किएका छन् । आइतबार थप १९ जनामा कोरोना संक्रमणको पुष्टि भएका हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार ४२ जिल्लाका पाँच सय २४ जना पुरुष र ७९ जना महिलामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार शनिबार पर्साको नारायणी अस्पतालबाट डिस्चार्ज भएका ९ जनामध्ये दुई जनामा फेरि सङ्क्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ । सात जना भने घर गएका फर्किएका छन् । कोरोना सङ्क्रमणबाट नेपालमा अहिलेसम्म तीन जनाको ज्यान गएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *