पाल्पाका बरिष्ठ समाजसेवी शाक्यको निधन

पाल्पाका बरिष्ठ समाजसेवी शाक्यको निधन
पाल्पा, जेठ १०
पाल्पाका बरिष्ठ समाजसेवी चकोरमान शाक्यको निधन भएको छ । ७८ वर्षिय शाक्यको उपचारको क्रममा काठमाण्डौंमा शनिबार निधन भएको हो । तानसेन टक्सारटोल निवासी शाक्य, पाल्पा उद्योग बाणिज्य संघको पूर्बअध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघका पूर्ब केन्द्रिय सदस्य तथा तानसेन खानेपानी उपभोतmा समितिका अध्यक्ष हुनुहुन्थ्यो । जिल्लाका दर्जनौ विभिन्नि निजि तथा सामाजिक संघ संस्थाहरुको नेतृत्व गरिसक्नुभएका शाक्यको निधनले जिल्लाले असल र इमान्दार अविभावक गुमाएको भन्दै विभिन्न संघसस्थाहरुले दुःख ब्यतm गरेका छन् । नेपाली काग्रेसका पुराना नेता समेत रहनुभएका शाक्यले दुई दशक बढी नेपाली काग्रेस तानसेन नगरसमितिको नेतृत्व गर्नुभएको थियो । उहाले तानसेनको खानेपानीको समस्या समाधानका लागी कालीगण्डकी नदीको पानी तानसेन ल्याएर मात्रै सामाजिक क्षेत्रको नेतृत्व छोड्ने बताउँदै आउनुभएको थियो । कालीगण्डकीको खानेपानी योजना अन्तिम चरणमा पुगेको समितिले जनाएको छ । पाल्पा लायन्स लाकौल आँखा अस्पतालका अध्यक्ष समेत रहनुभएका स्वर्गिय शाक्यको शव शनिबार बेलुकी तानसेन ल्याइएको छ ।

आइतबार बिहान परिवार र आफन्तले उहाको घरमा श्रद्धान्जली दिएपछि बिहान साढे ९ देखि ११ बजे सम्म तानसेन स्थित टुडिखेल मैदानमा श्रद्धान्जलीका लागी शब राखिने नेपाली काग्रेस तानसेन नगरसमितिका अध्यक्ष मधुदयाल सैजुले जानकारी दिनुभयो । त्यसपछि राम्दीघाटमा दाहसंस्कार गर्ने जनाइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *