नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ४८ पुग्यो

काठमाण्डौं, जेठ १०
नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, सर्लाही , रुपन्देही, काठमाडौं लगायतका जिल्लामा कोरोना संक्रमणको पुष्टि भएको हो । सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना, कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जनामा संक्रमण पुष्टि भएको छ । रुपन्देहीमा ८ जना, बारा, चितवन र काठमाडौंमा एक एक जना संक्रमित भएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *