पाल्पा, जेठ ९
जारी लकडाउनका कारण भारतमा अलपत्र परेका पाल्पालीहरुलाई उद्धारको तयारी भएको छ । पाल्पाका पालीका प्रमुख तथा जिल्ला सुरक्षा निकायका प्रमुख सहितको बैठकले छिमेकी भारत लगाएतका तेस्रो मुलुकमा अलपत्र परेका पाल्पालीहरुलाई उद्दार गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय, पाल्पाले जनाएको छ । उद्धार गरिएकाहरुलाई तानसेन नगरपाली भित्र स्थापना गरिने होल्ड क्वारिनटिनमा राखिने र स्वास्थ्य परिक्षण पछि स्थानीय तहको क्वारिनटिनमा लाने निर्णय भएको छ । भारत लगाएका देशमा रहेकाहरुले पालीका, प्रहरी तथा जिल्ला प्रशासन कार्यालयमा फोन गरेर सहयोगका लागि अपिल गरिरहेकाले उनीहरुको एकै पटकमा उद्धार गर्ने निति अघि सारिएको जनाइएको छ । बाहिर बाट ल्याइएकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा राखिने, उनीहरुको आरडिटी, पिसिआर विधिबाट चेकजाँच गरिने र त्यसको लागि तथ्याङ्क संकलन र व्यवस्थापनको लागि तानसेन नगरपालिकामा हेल्प डेक्सको स्थापना गरिने छ । बैठकले ताहु, तानसेन, रिब्दीकोट र रामपुरक्षेत्रमा ६ दिन भित्रै आइसोलेशन कक्षहरु निर्माण गर्ने निर्णय गरेको छ ।
बिशेष गरी कामका लागी भारत गएका तर जारी लकडाउनका कारण नेपाल भारतको सिमा सम्म आएर अलपत्र परेकाहरुलाई प्राथमिकता दिएर उद्धार गरिने जनाईको छ ।