नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुग्यो

काठमाण्डौं, जेठ ९
नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । शुक्रबार बेलुकी सप्तरी, बारा, भक्तपुर र मकवानपुरका थप ९ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुष, सप्तरीको बलान बिहुल गाउँपालिकामा ३५ वर्षी पुरुष, भक्तपुरको भक्तपुर नगरपालिका ९ मा ४२ वर्षीया महिला र मकवानपुरको हेटौंडा उपमहानगरपालिका ३ मा ५४ वर्षीया महिलामा कोरोना संक्रमण भएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *