नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुग्यो

काठमाण्डौं, जेठ ९
नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । शुक्रबार बिहान मात्रै ३० जना संक्रमित थपिएका हुन् । थपिएकामा कपिलवस्तुमा ९, सर्लाहीमा १५, चितवनमा २, नवलपरासीमा ३ र नवपरासी पूर्वका १ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सर्लाहीको गौडेता नगरपालिका र रामनगर बहुअर्वा नगरपालिकामा कोरोना संक्रमण देखिएको हो । त्यहाँका २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८ र ३९ वर्षका पुरुष र १८ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षका पुरुष र ८ वर्षकी बालिका कोरोना संक्रमण भएका छन् । नवलपरासीको सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिकाका ३३ र ३५ वर्षका पुरुष र १५ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ ।

चितवनको भरतपुर महानरगपालिका–६ का ७४ वर्षका पुरुष, ७३ वर्षकी महिलामा र नवलपरासी पूर्वको विनय त्रिवेणी गाउँपालिका– ६ का ४५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको जनाइएको छ । कोरोना परिक्षणको दर बढेसंगै नेपालमा संक्रमितको संख्या पनि थपिदै गएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *