पाल्पा, जेठ ८,
कोरोना संक्रमित गुल्मीका शिक्षकको बिहिबार ज्यान गएको छ । पुर्कोटका स्थानीय बिद्यालयका प्र.अ समेत रहेका उनको रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पताल ज्यान गएको हो । मदाने गाउँपालिका वडा नम्बर ६, पुर्कोटका ४१ वर्षीय पुरुषको उपचारको क्रममा बिहिबार बिहान ७ बजे ज्यान गएको प्रदेश ५ को सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य महाशाखाका प्रमुख डा. उमाशंकार चौधरीले पुष्टि गर्नुभयो । वैशाख ३१ गते ती व्यक्तिको स्वास्थ्यमा सामान्य समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या भएपछि अर्घाखाँचीको एक क्लिनिकमा उपचारका लागि पुगेका उनी थप उपचार का लागी जेठ १ गते क्रिमसन अस्पताल मणिग्राम रुपन्देहीमा भर्ना भएका थिए ।
जेठ २ गते पिसिआर टेष्टमा उनमा कोरोना पोजेटिभ देखिएको थियो । यसअघि सिन्धुपाल्चोककी एक सुत्केरी महिला र बाँकेका एक पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको थियो ।