काठमाण्डौं, जेठ ८,
नेपालमा कोरोना संक्रमतिको संख्या ४ सय ४४ पुगेको छ । १७ जना नयाँ संक्रमित थएिका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा १५, सुनसरी धरानमा १ र धनकुटामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । बिपि कोइराला, स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये ४५ जना उपचार पछि निको भएर घर फर्किएका मन्त्रालयले जनाएको छ । कोरोनाकै कारण २ जनाले ज्यान गुमाएका छन् ।