नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुग्यो

पाल्पा, जेठ ५
नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । सोमबार बेलुकी १८ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौंमा गरिएको परिक्षणमा धनुसाका २ पुरुष, खोटाङ्ग हलेसीका १ पुरुष, बाँके नरैनापुरका १२ पुरुष, दैलेख आठबिसका १ पुरुष, सुनसरीका १ र झापाका १ पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । सोमबार बिहान र दिउँसो पनि ५३ जनामा कोरोना भाइरसको पुष्टि भएको थियो । बाँकेमा मात्र ४७ जनामा संक्रमण पुष्टि भएको थियो ।

संक्रमित मध्ये ३६ जना उपचार पछि निको भएर घर फर्किएका छन भने २ जनाको ज्यान गएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *