सरकारले पास गर्र्यो लिम्पियाधुरा समेटिएको नेपालको नक्सा

काठमाण्डौं, जेठ ५
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको हो । नयाँ नक्सामा उत्तरी पूर्व र पश्चिमी नक्साहरुसहित राजनीतिक र प्रशासनीक प्रवन्ध पनि समेटेको छ । सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार नयाँ नक्सामा नेपालको संघीयताअनुसार प्रदेश र स्थानीय तहहरु समेत समेटिएको छ । हाम्रा निसान छापहरु र सरकारी कामकाजमा प्रयोग गरिने नक्सा, पाठ्यपुस्तक र सार्वजनिक प्रयोगमा ल्याइने नक्सा अध्यावधिक हुने समेत मन्त्री खतिवडाले जानकारी दिनुभयो । भारतले नोभेम्बरमा आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्दा लिम्पियाधुरालाई आफ्नो क्षेत्रमा पारेपछि नेपालमा चर्को विरोध भएको थियो ।

संसदीय समितिहरुले समेत नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको थियो । पछिल्लो समय भारतले तिब्बतको मानसरोवर जान लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै बनाएको सडक उद्घाघाटन गरेपछि फेरि दुई देशको सीमा विवाद सतहमा आएको हो । नेपाल सरकारले तत्काल वार्ता गर्न चाहेपनि भारतले कोरोना संकटपछि भन्दै आएको छ । जेठ २ गते संसदमा राष्ट्रपति बिद्यादेबी भण्डारीले प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नक्सा जारी गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *