एकै दिन थपिए बाँकेमा ४७ जना कोरोना संक्रमित
काठमाण्डौं, बैशाख ५
बाँकेमा एक दिन ४७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नेपालगञ्जमा रहेको भेरी अस्पतालको ल्याबमा गरिएको परिक्षणमा ४७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । १९० जनाको पिसिआर परीक्षण गर्दा ४७ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित अधिकांस आइतवार ज्यान गुमाएका युवकको गाँउ नरैनापुर क्षेत्रका रहेका छन् । २ सय ६३ जनाको पिसिआर परीक्षणका क्रममा रहेको र अहिलेसम्म १९० जनाको रिपोर्ट आउँदा ४७ जना संक्रमित फेला परेका भेरी अस्पताल स्रोतले जनाएको छ ।