नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुग्यो

काठमाण्डौं, जेठ ५
नेपालमा कोरोना संक्रमतिको संख्या ३ सय ४ पुगेको छ । सोमबार थप ९ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकाका ७ जना पुरुष , रौतहटकै माधबनारायण नगरपालिकाकी २८ वर्षीया महिला र बाराको करैयामाइका ३८ वर्षीय पुरुषमा सङ्क्रमणको पुष्टि भएको हो ।

राष्ट्रिय प्रयोगशाला, टेकु काठमाण्डौमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण भेटिएको हो । संक्रमित मध्ये अहिले सम्म ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने २ जनाको ज्यान गएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *