बाटो बन्द गर्ने,घरबाट निकाल्ने र प्रवेश निषेध गर्नेलाई कारवाही गर्ने गृहको चेतावनी

काठमाण्डौं, जेठ ४
बाटो बन्द गर्ने , घर बाट निकाल्ने र प्रवेश निषेध गर्नेलाई कारवाही गर्ने गृहमन्त्रालयले चेतावनी दिएको छ । गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव केदारनाथ शर्माद्धारा आइतबार विज्ञप्ति जारी गर्दै सो चेतावनी दिइएको हो । अहिलेको कठिन क्षणमा पनि सुरक्षा सतर्कताको नाममा अग्रपंक्तिमा रही अहोरात्र तोकिएका कार्यमा खटिरहेका स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने , विभिन्न किसिमका दबाब दिने, आवागमनका क्रममा दुव्र्यवहार गर्ने जस्ता कृयाकलाप भैरहेकोमा आपतिm जनाउँदै कानुन विपरीतका काम गरी उनीहरुको मनोबल गिराउने, स्थानीय व्यक्तिहरुबाट स्वास्थ्य सुरक्षा सतर्कताको नाममा बाटो बन्द गर्ने, टोलमा प्रवेश निषेध गर्ने, आवागमनमा पनि बाधा पुर्याउने, घरभाडामा बसिरहेका व्यक्तिहरुलाई बिनाकारण निकाल्ने जस्ता अमानवीय कार्यहरु भैरहेको भन्दै मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएको हो । विश्वव्यापी महामारीका विरुद्ध लड्नको लागि सबैले सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिदै एक आपसमा निषेधको बाटो अपनाउनु राम्रो नभएको भन्दै विज्ञप्तिमा मन्त्रालयको अनुरोधको बेवास्ता वा अटेरी गरी अवाञ्छित क्रियाकलापमा संलग्न कुनै पनि व्यक्तिहरुलाई प्रचलित कानुन बमोजिम हदैसम्मको सजाय हुने चेतावनी दिइएको छ ।