नेपालमा २९५ पुगे कोरोना संक्रमित

काठमाण्डौं, जेठ ४
नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बेलुकी प्रेस विज्ञप्ती जारी गर्दे थप ३ जनामा कोरोनाको पुष्टि भएको जनाएको हो । मन्त्रालयका अनुसार धनकुटा निवासी ३४ बर्षिया महिला, मोरङ,बिराटनगर निवासी २९ बर्षिय महिला र ३६ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । आईतबार बिहान मात्रै १० जनामा संक्रमणको पुष्टि भएको थियो । रौतहट राजपुर नगरपालीका फरदहवा ९ निवासी ७ जना पुरुषहरु र रौटहट इशनाथ नगरपालीका ३ र ५ वडाका ३ जना पुरुषहरुमा आइतबार बिहान कोरोना संक्रमणको पुष्टि भएको हो ।

अहिले सम्म कोरोना संक्रमति ३६ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । उपचारपछि ठिक भएर घर गएका ३ जनामा भने पुन कोरोनाको पोजेटिभ भेटिएपछि अस्पतालमा उपचार भैरहेको छ । नेपालमा पहिलोपटक शनिबार एक सुत्केरी महिलाको र आइतबार दिउँसो बाकेमा एक पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *