कोरोनाले लियो नेपालमा दोस्रो व्यक्तिको ज्यान

काठमाण्डौं, जेठ ४
कोरोना संक्रमणबाट नेपालमा दोस्रो व्यक्तिको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवाको ज्यान गएको हो । गएको वैशाख ३० गते भारतको मुम्बईबाट नेपाल आएपछि उनलाई क्वारेन्टाइनमा राखिएको थियो । स्वासप्रश्वासमा समस्या भएपछि उनको आइतबार विहान पौने ७ बजे ज्यान गएको हो । कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलो पटक सिन्धुपाल्चोककी २६ वर्षीया सुत्केरी महिलाको ज्यान गएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *